पत्रकार महासंघ झापाको पदस्थापन

4 years ago Editor 0

नेपाल, विर्तामोड
१८ मार्च /

patrakaar mahasangh

नेपाल पत्रकार महासंघ झापा शाखाको नवनिर्वाचित कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोडस्थित नयाँ बसर्पाकमा रहेको महासंघको सभाहलमा आयोजित एक समारोहका बीच पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । ११ औं शाखा अधिवेशनबाट निर्वाचित अध्यक्ष भीम नेम्बाङ लगायतका पदाधिकारी र महाधिवेशन प्रतिनिधिलाई निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत शिरो सान्दाई र निर्वाचन अधिकृतद्वय कृष्ण दाहाल तथा दीपेन्द्र भट्टराईले प्रमाण–पत्र प्रदान गरेका थिए ।
महासंघका अध्यक्ष गणेश पोखेरेलको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मदन ढकाल, निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत सान्दाई, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षद्वय कृष्ण हुँमागाई तथा केशव आचार्य, प्रेस चौतारी झापाका अध्यक्ष गोपाल काफ्ले, आदिवासी पत्रकार संघ झापाका अध्यक्ष इन्द्रसिह राजवंशी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का जिल्ला अध्यक्ष गणेशमान मुखिया, नेपाल प्रेस युनियन झापाका उपाध्यक्ष लीला अनमोल लागायतले महांसंघको गरिमालाई उच्च राख्दै व्यवसायिक हकहित र पेशागत मर्यादालाई कायम राख्ने नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल होस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।
दुई चरणमा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष पोखरेलले नव निर्वाचित अध्यक्ष नेम्बङलाई महासंघको चाबी हस्तान्तरण गरेका थिए । पहिलो चरणको कार्यक्रम महांसंघका सचिव दिपेनवाला राईले सञ्चालन गरेका थिए भने पलिल्लो चरणको कार्यक्रमको सञ्चालन नव निर्वाचित सचिव एकराज गिरीले गरेका थिए ।