बंगलादेशसँग नेपाल पराजीत

4 years ago Editor 0

नेपाल, दमक
१८ मार्च /

बंगलादेश विरुद्ध चोका प्रहार गर्दै नेपालका कप्तान पारश खड्का
बंगलादेश विरुद्ध चोका प्रहार गर्दै नेपालका कप्तान पारश खड्का

बंगलादेशमा जारी टी–२० विश्वकप क्रिकेटको मंगलबार सम्पन्न नेपाल–बंगलादेश बीचको खेलमा बंगलादेश विजय भएको छ ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १२६ रन जोडेको थियो । १२७ रनको चुनौती पार गर्न मैदान उत्रेको बंगलादेशले १५.३ ओभर खेल्दै २ विकेटको क्षतिमा १३२ रन जोड्दै जित सुनिश्चित पारेको थियो ।
बंगलादेशका लागि अनमुल हकले ३३ बल खेल्दै सर्वाधिक ४२ रन जोडेका थिए भने सकिब अल हसनले १८ बल खेल्दै अभिजित ३७ रन जोडे । त्यस्तै तमिम इक्बलले २२ बल खेलेर ३० रन जोडेका थिए । बंगलादेशका अल अमिन होसाइनले २ र मसर्फे मोर्ताजा र फरद रेजाले समान १–१ विकेट लिए ।
नेपालका लागि कप्तान पारश खड्काले ३५ बल खेल्दै सर्वाधिक ४१ रन जोडेका थिए भने शरद भेष्वाकरले ४३ बल खेल्दै ४० रन जोडेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ६ बल खेल्दै १३ रन जोडेका थिए भने सागर पुनले १९ बल खेल्दै १२ रन जोडे । नेपालका वसन्त रेग्मीले १ विकेट लिएका थिए ।