हार्दिक निमन्त्रणा

5 years ago Editor 0

स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य, स्वीकारोक्ति अस्तित्वहरुको न्यायिक सम्बोधन
कवि गोष्ठी २०१४

आदरणीय साहित्य अनुरागीहरुमा, आगामी मार्चको २९ तारिखका दिन उत्तर अमेरिकाको टेक्सस राज्य अन्तर्गत फोर्ट वोर्थ शहरमा विश्व भुटानी साहित्य संगठनको सक्रियतामा भुटनिस लेगेसी युवा क्लवद्वारा बृहत् साहित्यिक कार्यक्रम ‘भुटानी नेपाली कवी गोष्ठी’ आयोजना हुन लागेको कुरा जानकारी गराउन चाहन्छौं ।

कार्यक्रमको विशेषता र आकर्षणहरु :

भुटानी नेपाली साहित्य र समाज विषयक बृहत् छलफल

स्वीकरोक्ति सिद्धान्तमा वहस

उत्तर अमेरिकामा रहेका भुटानी तथा नेपाली साहित्यिक सम्बन्ध र भुटानी नेपाली साहित्यको भविष्य

‘अन्तरे’ गजल संग्रह विमोचन

केहि स्रष्टाहरुबाट रचना वाचन कार्यक्रम

थप उद्देश्य :

उत्तर अमेरिकामा रहेका भुटानी तथा नेपाली बीच साहित्यिक एकरुपता ल्याउन, साहित्यक संघसंस्थाबीच सहकार्य र सुमधुर सम्बन्ध स्थापना गर्न, र उत्तर अमेरिकामा रहेका भुटानी तथा नेपालीबीचको सुमधुर सम्बन्धलाई निरन्तरता दिई भाषा साहित्यलाई विश्वकरणमा थप टेवा पुर्याउने प्रयास । तसर्थ उत्तर अमेरिकामा रहेका सम्पूर्ण साहित्यिक संघसंस्थाका महानुभावहरुलाई उपस्थितिका लागि विनम्र अनुरोध गर्दछौं, र संघसंस्थामा संलग्न नभएका तर साहित्यिक आस्थावान भएका सम्पूर्ण महानुभावहरुमा पनि यसै सूचनालाई आधार बनाएर उपस्थित हुन विनम्र अनुरोध गर्दछौं ।

कार्यक्रम हुने स्थान

2400 E. Seminary Drive, Fort Worth, TX 76119 USA. (Note: venue may be changed, please don’t forget to follow check our updates in www.globalpostinfo.us)

मिति र समय : ०३–२९–२०१४ शनिबार, दिउँसोको १२ बजेदेखि

Organiser

GLBLO USA and Bhutanese Legacy Youths Club fort worth, Taxes USA