गजल

5 years ago Editor 0

सिजन दाहाल

cejon dahal

 

एक दिन मरुभूमि मै फूल फुलाउन सक्छौ
समुद्र पनि आगोले जलाउन सक्छौ ।

तिम्रो आँखालाई पढेपछि यस्तो लाग्दैछ
कहिलै नथाक्ने झरनालाई गलाउन सक्छौ ।

पाइलै पिच्छे असम्भव छ भन्नेहरुलाई देखाउन
आकाशबाटै जून र तारा खसाउन सक्छौ ।

कसले भन्छ गजल लेखेर केहि हुँदैन भनेर
गजल सुनाएरै सुनामी फर्काउन सक्छौ ।

– झापा, नेपाल