स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठी

5 years ago Editor 0

नोवेम्बर २६ हार्टफोर्ड कनेक्टिकट
jayapic

पुनर्वास भएपछि भुटानी–नेपाली साहित्य  अन्योलमा परिरहेको बेला ओ.बि.सि.ए., भुटानिज क्रिएटिभ युथस् अफ स्प्रिङ्गफिल्ड र भुटानिज  कम्युनिटी अफ हार्डफोर्ड कनेक्टिकटको संयुक्त अयोजनामा एक दिवसीय

साहित्यिक गोष्ठी, स्रष्टा सम्मान, कृति विमोचन र भुटान दर्पण  डटकम नामक समाचार साइटको बिमोचन गरिएकोे छ ।
भुटानी साहित्य र संस्कृतिको उत्थान गर्ने  हेतुले  आयोजना गारिएको कार्यक्रमको अध्यक्षता पदम भारतीले गर्नुभएको थियो भने नेपलिज एसोसिएसन अफ हार्टफोर्ड कनेक्टिकटको अधक्ष्य घनश्याम खड्का विशेष अतिथि,  ओ.बि.सि.ए.  भूतपूर्व अध्यक्ष  डिजे खलिङ, भुटानी गजल गायक गोबिन्द फुयाल, भुटानी नेपाली गजलकार सेरु राई ‘उदास’, अन्य अतिथिहरुमा ओ.बि.सि.ए.  केन्द्रीय सदस्य दिलिप दाहाल , जि.बिएलओ. उपाध्यक्ष  लीला ‘निशा’ सुब्बा, ओ.बि.सी.ए. प्रवक्ता कर्ण गुरुङ, भुटान दर्पण डटकमका जय बान्तावा, राकेश काफ्ले  धन लेप्चा, जे एन, उमेश आचार्य, लक्की राशी, वाइट हिमाल टिभीका भरत तमाङ लगायतको सहभागिता रहेको थियो ।
दीप प्रज्वलन गरी सुरु भएको कार्यक्रममा  दिलिप दाहालको स्वागत रहेको थियो भने कार्यक्रममा गजलकार शेरु राई ‘उदास’लाई भुटानी साहित्यमा गजल विधा स्थापित गराए बापत, अशोक राना सम्पङ ‘एक्लब्य’लाई रुबाइ विधामा योगदान गरे बापत र रमेश गौतमलाई भुटानी साहित्य उत्थानको निम्ति भुटानी लिट्रेचर डटकम स्थापना गरेर योगदान गरेवापत सम्मान गरिएको थियो ।
साँझ आयोजित साहित्यिक कार्यक्रमका मुख्य आकर्षण शेरु राई ‘उदास’ बन्नु भएको थियो । त्यस्तै लक्की राशी ‘बद्माश’ , राकेश काफ्ले, बिद्रोही किरती लगायतले समेत दमदार प्रस्तुति गर्नुभएको थियो ।  साथै जे एन दाहाल, धर्मेन्द्र तिम्सिना र डिपी दुलालद्वारा लिखित रुबाइ संग्रह ‘त्रिकोण’ बिमोचन गरिएको थियो । कृतिका बारेमा जि.बि.एल.ओ. उपाध्यक्ष लीला ‘निशा’ सुब्बाले बोल्नुका साथै नारीहरुलाई पनि साहित्यमा लग्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा दुई सय बढी दर्शक तथा स्रोता सहभागी रहेका थिए ।
साथै, सो कार्यक्रमका दौरान विभिन्न मुलुकमा रहेका स्रष्टाहरुबीच अनलाइन बहस समेत गरिएको थियो । आलाइनमा नेपालबाट प्रा. डा. गोविन्दराज भट्टराई, अष्ट्रेलियाबाट स्रष्टा प्रकाश धमला, नर्वेबाट स्रष्टा रमेश गौतमले मन्तव्य राख्नु भएको थियो ।