भूटानी समुदाय नेब्रेस्का अध्यक्षमा गुरुङ

4 years ago Editor 0

अमेरिका, नेब्रेस्का
१२ मार्च /

अध्यक्ष भीम गुरुङ
अध्यक्ष भीम गुरुङ

अमेरिकास्थित भूटानी समुदाय नेब्रेस्काको कार्यकारीणी समिति चयनका लागि हालै सम्पन्न निर्वाचनमा भीम गुरुङ निर्वाचित भएका छन् ।
गत शनिबार नेब्रेस्काको याट्स सामुदायिक केन्द्रमा सम्पन्न निर्वाचनमा गुरुङलाई सन् २०१४ का लागि अध्यक्षमा निर्वाचित गरिएको हो ।
समुदायको उपाध्यक्षमा कृष्ण सुब्बा, महासचिवमा सुरज राई, प्रचार तथा जनसम्पर्क सचिवमा विकास विश्वा,
खेलकुद सचिवमा अमिर गुरुङ, सांस्कृतिक सचिवमा पूर्ण राई, कोषाध्यक्षमा जित सुब्बा निर्वाचित भएका छन् ।
त्यस्तै समुदायको युवा संयोजकमा तुल राई निर्वाचित भएका छन् भने समुदाय व्यवस्थापन समितिका प्रमुखमा प्रेम मगरलाई निर्वाचित गरिएको छ । कार्यकारीणी समितिले शिक्षा सचिव र साहित्य तथा कला विभाग सचिव पदहरुमा आगामी बैठकमा मनोनित गर्ने जनाइएको छ ।

निर्वाचन कार्यक्रममा सहभागीहरु
निर्वाचन कार्यक्रममा सहभागीहरु

त्यस्तै कार्यकारीणी समितिलाई आर्थिक रुपले मजवुद बनाउनका लागि भूटानी समुदाय नेब्रेस्काको कोष व्यवस्थापन समिति समेत गठन गरिएको छ । जसमा कुमार गुरुङ, दुर्गा विश्वा, गोविन मगर, श्रीराज गुरुङ, गोपाल थापा, कर्ण गुरुङ, फूर्वा तामाङ, योगेन भूजेल, दीपक कार्की, मङ्गल राई, चन्द्रकला राई, राजु सुब्बा र टिएन गुरुङ सदस्य छन् ।

निर्वाचित पदाधिकारीहरु तस्वीर खिचाउँदै
निर्वाचित पदाधिकारीहरु तस्वीर खिचाउँदै

समुदाय व्यवस्थापन समितिका प्रमुखले समुदायभित्रका विभिन्न समस्या समाधानका लागि तथा आवश्यक सेवामूलक कार्य गर्न छुट्टै समिति निर्माण गर्ने बताइएको छ ।समुदायका नवनिर्वाचित अध्यक्ष गुरुङले कार्यकारीणी समितिले समुदायको हित अभिवृद्धि तथा सामाजिक, आर्थिक, शैक्षिक, युवा तथा धार्मिक क्षेत्रको विकासमा योगदान दिने बताए । उनले भने –‘अघिल्लो समितिले गरेका सामाजिक सेवाका कार्यक्रमहरुलाई निरन्तरता दिने तथा अधुरा कार्यहरु पूरा गर्दै नयाँ नीति तथा कार्यक्रमहरुमा जुट्ने छौं ।’
समुदायका संस्थापक कुमार गुरुङले युवाहरुको उत्साह र सामाजिक, शैक्षिक, धार्मिक लागायत सबै क्षेत्रका अगुवाहरुले जमघटले आफू निक्कै उत्साही बनेको प्रतिक्रिया दिए । उनले निर्वाचन सफल बनाउन सबै तप्काले गरेको अतुलनीय सहयोगका निम्ति धन्यवाद दिए ।
भूटानी समुदाय नेब्रेस्काका निवर्तमान अध्यक्ष दुर्गा विश्वाले सन् २०१२ देखि २०१४ मार्च ८ सम्मको संस्थागत प्रगति प्रतिवेदन पेश गरेका थिए । उनले भने –‘भूटानी समुदाय नेब्रेस्काले समुदायको कार्यालय स्थापना, रोजगारीका लागि सहयोग तथा नव आगन्तुक भूटानी समुदायलाई सहयोग दिने लगायतका कार्यमा सफलता प्राप्त गरेको छ । अब युवाहरुले नेतृत्व लिनुभएको छ । उहाँहरुबाट थप कार्य हुनेमा विश्वस्त छु ।’