शिविरमा सांगीतिक तथा सम्मान कार्यक्रम

4 years ago Editor 0

नेपाल, बेलडाँगी
१२ मार्च /

samman

झापाको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा मंगलबार सांगीतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्याक्रममा गायिका अन्जु पन्त, हाँस्य कलाकार सुलेमान शंकर, संचारकर्मी डिकेश लामा, शरणार्थी अगुवा घनश्याम लाम्घादे र चेतन अधिकारीलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अथिति तथ वरिष्ठ लोकगायक एल.पी. जोशीले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरेका थिए । सामुदायिक मेलमिलाप केन्द्रका संयोजक तथा सामाजिक अगुवा घनश्याम लाम्घादेले प्रायोजन गरेको कार्याक्रममा गायीका अन्जु पन्तले आफ्ना चर्चित एक दर्जन गीत गाइन् भने हाँस्य कलाकार सुलेमान शंकरले इकु बनेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
शिविर सचिव सन्चहाङ्ग सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक महेश कुमार श्रेष्ठ, पथरी शिविरका सचिव चम्पासिंह राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पथरी, इटहरी, शरणार्थी शिविर क्षेत्रका स्थानीय कलाकार रत्न सुब्बा, प्रवीन दर्जी, डम्बर भट्टराई लगायत कलाकारले नृत्य, गीत प्रस्तुत गरेका थिए ।