मोष्ट वान्टेडलाई प्रहरीको गोली

5 years ago Editor 0

नेपाल, दमक
१ मार्च /

शुक्रबार अपरान्ह झापाको दमक–९ मा प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति प्रहरीको मोस्ट वान्टेड सूचीका अभियुक्त भएको खुल्न आएको छ ।
मोरङको शनिश्चरेस्थित भूटानी शरणार्थी शिविरमा बसोबास गर्ने अन्दाजी उमेर ३४ वर्षीय आइतसिंह तामाङलाई सादा पोशाका प्रहरीले पूर्व–पश्चिम राजमार्ग नजिकै दमकको चियादोकानमा समात्न खोज्दा उनले प्रहरीको साथमा रहेको पिस्तोल खोसेर भाग्न खोजेपछि घम्साघम्सीका क्रममा उनलाई बायाँ कोखमा गोली लागेको झापा प्रहरीले जनाएको छ ।
सो घट्ना लगतै उनलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याइएको थियो । लाइफलाइनले रेफर गरेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएका लिम्बूको स्वास्थय स्थिति हाल सामान्यतर्फ उन्मुख रहेको झापा प्रहरीको भनाई छ ।
गोली लागेर घाइते बनेका लिम्बूमाथि मोरङ सुन्दरपुर–६ बस्ने धनबहादुर तामाङलाई मिति २०७०।९।९ गते कर्तव्य गरी मारेको, मिति २०६५।१।२२ गते लक्ष्मी बिकास बैंक दमकमा डाका गरेको र मिति २०६६।११।७ गते उर्लाबारी बजारमा राम थापाको सुनचादी पसल समेत लुटपाट गरेको घटनामा संलग्न भएका आरोप छ । उनलाई झापा र मोरङ प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरिरहेको थियो ।