विधवा बुहारीको विवाह गरिदिए ससुराले

4 years ago Editor 0

नेपाल, झापा
२१ फेब्रुअरी /

???????????????????????????????

 

झापाको महारानीझोडा– ९ का एक व्यक्तिले आफ्नी विधवा बुहारीको विवाह गरिदिएका छन् ।
२०६३ माघ ३ गते कृष्णप्रसाद सापकोटासँग विवाह बन्धनमा बाँधिएकी सुनिता खतिवडा २०६८ भदौ १० गते १९ वर्षको उमेरमा विधवा बनेकी थिइन् । कृष्णप्रसादको रोगका कारण मृत्यु भएको थियो भने उनीहरुको एक छोराको जन्म भइसकेको छ ।
उनै सुनिता खतिवडालाई शुक्रबार ससुरा सोमनाथ सापकोटाले हिन्दु वैदिक परम्परा अनुसार झापा जुरोपानी–४ का प्रेम लुइटेलसँग विवाह गरिदिएका हुन् ।
नव दुलहीका रुपममा सजिएकी आफ्नी बुहारीलाई टीका लगाइदिँदै सापकोटाले भने –‘बुहारी बनाएर भित्र्याएको थिएँ, आज छोरीका रुपमा अन्माएर पठाउँदैछु । बेला–बेला माइतघर सम्झेर आउनु ।’
सापकोटाले आफ्नो घर नजिकैको वेदान्तेश्वर शिवालय मन्दिरमा बुहारी सुनिता र नवदुलाह लुइटेलको विवाह सम्पन्न गराएका हुन् । विवाहमा दुलाहाका तर्फबाट रामप्रसाद र कान्तुमाया लुइटेल पनि छोरोको विवाहमा जन्ती सहित सामेल भएका थिए ।
सो शिवालयका पण्डित छविलाल भट्टराईले विधवाले विवाह गर्न हुन्न भनेर शास्त्रमा कतै पनि उल्लेख नभएकाले आफूले गर्दैआएको अन्य वैवाहिक कर्मकाण्ड भन्दा फरक विवाह सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले भने –‘शास्त्रमा विधवाले पुनः विवाह गर्नु हुन्न भनेर कतै लेखेको छैन । यस्तो कर्म चलाउने आँट नगरिएकाले मात्रै हो ।’
सो विवाहमा दुलही सुनिताकी आमा गौरादह–६ निवासी यशोदा खतिवडा पनि सहभागी थिइन् । विधवा छोरीलाई पुनः विवाह गराएर सम्धी सोमनाथले मानव कल्याणको पूनित कार्य गरेको उनले बताइन् ।