एक लाख ६६ हजार मध्ये ८६ हजार मुद्दा किनारा

4 years ago Editor 0

नेपाल, झापा
२१ फेब्रुअरी /

 

justice

सर्वोच्च अदालत पुनरावेदन अदालत, जिल्ला अदालत र न्यायाधिकरणले आर्थिक वर्ष २०६९÷०७० मा दर्ता भएका एक लाख ६६ हजार एक सय ७६ मुद्दामध्ये ८६ हजार नौ सय १९ थान मुद्दा, रिट निवेदन र प्रतिवेदनको किनारा लगाएको छ ।
ती अदालत तथा न्यायाधिकरणबाट ५२ दशमलव ३१ प्रतिशत मुद्दा लगायतका निवेदनको फैसला गरे पनि अझै ७९ हजार दुई सय ५७ थान मुद्दा थाती रहेको राष्ट्रपतिसमक्ष बुझाइएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा एक लाख ५३ हजार पाँच सय ५३ मुद्दा रहेकोमा ती निकायबाट ८७ हजार सात सय २८ थान मुद्दा फछ्र्याैट भएको थियो ।
गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा नयाँ दर्ता हुने मुद्दाको संख्या बढेर गए पनि सर्वाेच्च अदालतमा न्यायाधीशको संख्या कम भएकाले मुद्दा फछ्र्याैटमा प्रभाव परेको छ भने पुनरावेदन तथा जिल्ला अदालतको मुद्दा फछ्र्याैट संख्यात्मक हिसाबले केही बढेको कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
फछ्र्याैट हुन बाँकी रहेका ७९ हजार दुई सय ५७ थान मुद्दा रिट तथा निवेदन र प्रतिवेदन मध्ये ५३ हजार नौ सय ४२ थान मुद्दा आ. व. २०६९÷०७० मा दर्ता भएका र १७ हजार नौ सय ३७ थान मुद्दा तथा निवेदन आव २०६८÷०६९ मा दर्ता भएमध्येका रहेका छन् । तीमध्ये दुई वर्षभन्दा पुराना मुद्दाको संख्या सात हजार तीन सय ७८ थान रहेको छ ।
फैसला कार्यान्वयनका लागि परेका १३ हजार आठ सय २० निवेदन मध्ये आठ हजार चार सय ५९ थान निवेदन फछ्र्याैट भएको एक अर्ब ३० करोड ५१ लाख १६ हजार दुई सय ५५ रुपैयाँ जरिवाना असुली भएको, २७ हजार तीन वर्ष दुई महिना २० दिन कैद असुल भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
सर्वाेच्च अदालतमा परेका २० हजार आठ सय ११ थान मुद्दामध्ये ४ हजार तनि सय ६० थान मुद्दा, पुनरावेदन अदालतमा परेका ४० हजार एक सय चार मुद्दामध्ये २४ हजार आठ सय ५८ थान र जिल्ला अदालतमा परेका एक लाख दुई हजार चार सय ८३ थान मुद्दामध्ये ५६ हजार आठ सय १९ थान मुद्दा फछ्र्याैट भएको छ ।