१०४ वर्षीय वृद्धले दिए एक लाख बढी चन्दा

4 years ago Editor 0

नेपाल, झापा
१५ फेब्रुअरी /

 

red pic

नेपाल रेडक्रस सोसाइटीले सञ्चालनमा ल्याउन लागेको ब्लड बैक भवन निर्माणका लागि झापा चारपाने–१ बिर्तामोड निवासी १०४ वर्षीय लक्ष्मणबहादुर बस्नेतले  एक लाख एक हजार एक सय एक रुपैया  प्रदान गरेका छन् ।
शनिबार आयोजित एक कार्यक्रमका बीच बस्नेतले रेडक्रसका जिल्ला सभापति लोकराज ढकाल र उपशाखा विर्तामोड सभापति सजेश शिवाकोटीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सोही अवसरमा बस्नेतका छोरा–बुहारी नेरेन्द्र–देविका बस्नेतले २५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
उपशाखा सभापति शिवाकोटीको अध्यक्षतामा भएको समारोहमा सल्लाहकार गोपालकुमार बस्नेत, जिल्ला सभापति ढकाल, बस्नेत परिवारका तर्फबाट कुमार बस्नेतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन रोडक्रस उपशाखाका उप–सचिव एकराज गिरीले गरेका थिए ।
चारपाने–१ बिर्तामोड पञ्चकन्यामा निर्माणाधीन तीन तले भवनको पहिलो लताको काम सम्पन्न भई केही दिन भित्रै सञ्चालन हुने जनाइएको छ । भवन निर्माणका लागि एक लाख रुपैया भन्दा बढी सहयोग गर्ने दातालाई रेडक्रसले यसेस्कर सदस्यता र २५ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेलाई विशिष्ठ सदस्यता प्रदान गर्ने जनाइएको छ ।