आँखा शिविर सम्पन्न

4 years ago Editor 0

नेपाल, बेलडाँगी
११ फेब्रुअरी /

झापाको दमकस्थित काबेली साना किसान कृषि सहकारी संस्था लिमिटेड र सहरी स्वास्थ्य केन्द्र दमक–५ आमचोकको संयुक्त आयोजनामा सोमबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरबाट दमक ३, ४, ५, ६ र ७ तथा भूटानी शरणार्थी शिविर बेलडाँगीका सेवाग्राहीले समेत सुविधा लिएका सहकारीका अध्यक्ष रुद्र मिश्रले बताए ।
सो शिविरमा दुई सय १६ जना लाभान्वित बनेका तथा आँखाको शल्यक्रिया गर्नुपर्ने ३५ जना बिरामीलाई सोमबार नै अस्पतालले निःशुल्क खर्चमा शल्यक्रिया गर्नका लागि बिर्तामोड लगेको सहकारीका सदस्य डिल्ली न्यौपानेले जानकारी दिए ।