पहिचान संरक्षित भएमा मात्र अधिकार : चेम्जोङ

5 years ago Editor 0

नेपाल, दमक
११ फेब्रुअरी /

 

ssp news photo
संघीय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व संघीयमन्त्री रकम चेम्जोङले पहिचान संरक्षित भएमा मात्रै अधिकारको सुरक्षित हुने बताएका छन् ।
सोमबार झापाको दमकमा संघीय समाजवादी पार्टीको झापा क्षेत्र नम्बर ७ ले आयोजना गरेको पार्टी विस्तार तथा जन परिचालन (बिज) अभियान उद्घाटन कार्यक्रममा बोल्दै चेम्जोङले भने –‘पहिचान प्राप्त भएमा मात्रै अधिकार खोज्ने आधार प्राप्त हुन सक्छ ।’
राष्ट्रियताको मजवुतिकरणका लागि मुलुकमा हावी जातीय, क्षेत्रीय, लैङ्गिक, वर्गीय विभेद्को अन्त्य जरुरी रहेको जिकिर गर्दै उनले त्यसको आधार भने पहिचान सहितको संघीयता नै भएको बताए ।
पहिचान र संघीयता विरोधी कांग्रेस र एमाले लगायतका दलहरुले एक वर्षभित्रमा मुलुक र पहिचान पक्षधर जनताको भावना विपरित २०४७ सालको संविधानलाई सामान्य संशोधन गरेर जारी गर्ने थालनी गरेको समेत आरोप लगाए ।
सो कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज विश्वदीप लिङ्देनले बिज कार्यक्रमले संगठन निर्माण र आगामी दिनमा पहिचानको मुद्दालाई स्थापित गराउने आन्दोलनको नेतृत्व गर्न सहयोग पुग्ने बताए । त्यस्तै आर्का केन्द्रीय सदस्य नित्यानन्द ताजपुरियाले बिज कार्यक्रमले व्यवहारिक अर्थमै पार्टी संगठनलाई मजवुद गर्नुपर्ने र जस्तोसुकै परिस्थितिमा पनि पहिचान र संघीयताका लागि आन्दोलित हुन सक्षम कायकर्ता पंक्ति निर्माण गर्नुपर्ने धारणा राखे । कार्यक्रमम पार्टीका दमक नगर अध्यक्ष हेमप्रसाद पालुङा लगायतले बोलेका थिए ।
यसैबीच बिज कार्यक्रमलाई सफल बनाउन झापा क्षेत्र नम्बर ७ मा विभिन्न तहमा जिम्मेवारी तोकिएको छ । जस अन्तर्गत बिज क्षेत्रीय अभियान्तामा पार्टीका केन्द्रीय सदस्य विश्वदीप लिङ्देनलाई जिम्मेवारी तोकिएको छ भने सह–अभियान्तामा  जिल्ला उपाध्यक्ष दिपेन बाला राई रहेका छन् । त्यस्तै दमक नगरमा बिज अभियान संयोजकका रुपमा पार्टीका क्षेत्रीय संयोजक सुरेश लावतीलाई जिम्मेवारी तोकिएको छ भने सह–संयोजकमा संघीय प्रेस युनियनका केन्द्रीय सदस्य कमन देवान रहेका छन् ।
बिज अयिभानका लागि लखनपुर संयोजकमा पार्टीका जिल्ला सल्लाहकार संयोजक इन्द्रमान चाम्लिङ, सह–संयोजकमा लखनपुर अध्यक्ष सुरेन्द्र राई, तोपगाछी संयोजकमा पार्टीका जिल्ला उप–सचिव सुशीलकुमार राई र सह–संयोजकमा जिल्ला सदस्य विवेक राई चयन भएका छन् भने धरमपुर संयोजकमा पार्टी निकट संघीय दलित महासंघका झापा जिल्ला अध्यक्ष मोहन सुनचिउरी र सह–संयोजकमा धरमपुर अध्यक्ष मनकुमार श्रेष्ठ चयन भएका छन् ।
बिज अभियान अन्तर्गत क्षेत्रभर वडा तहमा पार्टी संगठन विस्तार, भातृ संगठन विस्तार लगायतका कार्यक्रम हुने बताइएको छ । क्षेत्रीय संयोजक लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सचिव मनबहादुर आङ्देम्बेको सञ्चालन रहेको थियो ।