पूर्वाञ्चल क्षेत्रीय पर्यटन महोत्सव शुरू

4 years ago Editor 0

नेपाल, दमक
३० जनवरी /

tourism-fair-2

 

झापाको दमकमा बिहीबारदेखि तीन दिने क्षेत्रीय पर्यटन महोत्सव–२०७० शुरु भएको छ । एक कार्यक्रमका बीच पर्यटन तथा संस्कृतिमन्त्री रामकुमार श्रेष्ठले महोत्सवको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन प्रवद्र्धनबाट देशले अझै फाइदा लिन नसकेको गुनासो पोखे । श्रेष्ठले भने –‘देशका प्राकृतिक सम्पदाहरुलाई संरक्षण गरी यसको प्रचुर विकासमा सरकार तथा नीजि क्षेत्रको लगानी र योजनाको अभाव खड्किँदो छ ।’ विश्वका दश उत्कृष्ट गन्तब्य मुलुकहरुको सूचीमा नेपाल समेत छनौट भएकोले यसको सम्मान जोगाएर पर्यटनका क्षेत्रमा काम गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाई थियो ।

महोत्सव उद्घाटन समारोहमा सभासद्  डिकबहादुर लिम्बू, झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल, दमक नगरपालिकाका इन्जीनियर तीर्थनारायण श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईं लगायतले बोलेका थिए ।

महोत्सवमा पूर्व–पश्चिमका विभिन्न क्षेत्रका पर्यटन प्रवद्र्धनमूलक चिनारी तथा आन्तरिक पर्यटन बिस्तार गर्न आकर्षक प्रदर्शनी र जानकारी दिने ४७ वटा स्टलहरु रहेका छन् ।

यसैगरी मन्त्री श्रेष्ठले बिहीबार नै स्थानीय लखनपुरस्थित निर्माणाधीन आदिवासी रङ्गशालाको स्थलगत अवलोकन समेत गरेका थिए ।