दमकलाई खुल्ला दिसा मुक्त गरिने

5 years ago Editor 0

नेपाल, दमक
३० जनवरी /

damak chok

 

दमक नगरपालिकाले सन २०१६ सम्म नगरपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा भएको सर्वदलीय बैठकले तीन वर्षे कार्ययोजना बनाएर नगर पालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

कार्यकारी अधिकृत रुदप्रसाद न्यौपानेको अध्यक्षतामा भएको बैठकले पहिलो चरणमा नीति निर्माण, तथ्याङ्क निर्माण गर्ने र सचेतना कार्यक्रम गर्ने लगायतका निर्णय गरेको नगरपालिकाका समाज कल्याण शाखा प्रमुख डम्बर बरालले जानकारी दिए  ।

यस अघि नै जिल्ला समन्वय समिति झापाले सन २०१६ सम्ममा जिल्लाका सबै गाविस र नगरपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र बनाउने निणर्य गरीसकेको छ ।  झापामा केही समय अघि धाइजन गाविसलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेको बताइएको छ ।

टोल विकास संस्थाले दिएको तथ्याङ्क अनुसार २०६९ साल असारसम्म चार हजार एक सय घरमा शौचालय नभएको नगरपालिकाले जनाएको छ ।

बैठकले सडक मिचेर बनाएका संरचना हटाउने, फुटपाथकामा पसल राख्न नदिने, विकास निर्माणका कार्यलाई तीव्रता दिने लगायतका निर्णय भएको नगरपालिकाले जनाएको छ ।