‘मेरो जीवन’ बिमोचित

5 years ago Editor 0

नेपाल, दमक
२९ जनवरी /

 

kriti bimochan
झापाको दमकमा बुधबार स्रष्टा विष्णुमाया तामाङको गजल कृति बिमोचन गरिएको छ ।

पढ्ने घरको आयोजनामा एक समारोहका बीच स्रष्टा तामाङको गजल कृति ‘मेरो जीवन’ को भूटानी गजलकार याम थुलुङ र साहित्यकार प्रकाश आङ्देम्बेले विमोचन गरेका हुन् ।

सो कार्यक्रममा कारितास नेपालका फादर अमलराज एसजे, साहित्यकार प्रकाश आङ्देम्बे, धनकुटे कान्छा, युवा मैत्री केन्द्रका कार्यक्रम संयोजक सर्जु राई लगायतले मन्तव्य राखेका थिए ।

पढ्ने घरका अध्यक्ष विनोद तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्योति भट्टराई र राजकुमार सुब्बा अनिश्चितले कृतिका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

कृति बिमोचनपछि बोल्दै स्रष्टा तामाङले आफूले शरणार्थी शिविरभित्र बसेर लगातार तीन वर्षको प्रयासपछि कृति तयार गरेको बताइन् ।

तेस्रो मुलुक पुनर्वासका लागि प्रक्रिया चलिरहेको बताउँदै उनले भूटानी शरणार्थी शिविर र नेपाल छाडेर अन्यत्र गए पनि नेपाली साहित्यका लागि निरन्तर साधना गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन् ।

तामाङको पहिलो गजल कृतिको प्रकाशन समेत पढ्ने घरले नै गरेको संस्थाका कोषाध्यक्ष महेश भण्डारीले बताए । उनले कार्यक्रमका आमन्त्रित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा साहित्यकार भूपेन्द्र तिम्सिना, दिलिप सगर राई लगायतको सहभागिता रहेको थियो ।

RELATED VIDEO LINK