बिसिएनको विविध निर्णय

4 years ago Editor 0

अमेरिका, नेब्रास्का
२६ जनवरी /

 

954513_10201603405501505_1742873035_n

 

अमेरिकास्थित भूटानी सामुदायिक संस्था नेब्रास्का (बिसिएन) को पदाधिकारी तथा अन्य सहभागी सम्मिलित भेलाले विविध निर्णय गरेको छ ।

भेलाले बिसिएनको निर्वाचनका लागि प्रतिनिधि चयन लगायत समितिका लागि आवश्यक सुझाव लेखन र अन्य सरोकारवाला समुदायसँग छलफल गर्न एक निर्वाचन परिचालन समिति गठन गरेको छ । सोका लागि कृष्ण लिम्बू, दूर्गा विश्वा, कर्ण गुरुङ, अमिर गुरुङ, चन्द्रकला राई, राजु सुब्बा, दीपक कार्की, तुल राई, पदम मिजार, रेसप नेपाल र अन्य तीन जनालाई सो समितिमा मनोनित गरेको हो । समितिको २०१४ मा हुने निर्वाचनबाट सक्षम नेतृत्व चयनका लािग समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ ।

निर्वाचन परिचालन समितिको बैठक आगामी फेब्रुअरी २ तारिकमा बस्ने जनाइएको छ । समितिले निर्वाचन आयोगको समेत गठन गर्ने जिम्मेवारी पाएको छ ।

त्यस्तै आइतबार सम्पन्न भेलाले मानसिक स्वास्थ्य तालिमका लागि नेत्र गुरुङ, चन्द्र राई, कर्ण गुरुङ र दूर्गा विश्वालाई महत्वपूर्ण भूमिका खेल्ने जिम्मेवारी दिएको जनाएको छ ।

भेलाकै दौरान मानसिक स्वास्थ्य सम्बन्धी तालिम, जानकारी तथा तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको बिसिएनका प्रचार प्रसार सचिव कर्ण गुरुङले जानकारी दिए ।

समितिका अध्यक्ष दूर्गा विश्वाले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।