अठारौं राष्ट्रिय चेस च्याम्पियनसीपमा रिजेन्द्र अगाडि

4 years ago Editor 0

नेपाल, काभ्रे
२३ जनवरी /

???????????????????????????????

काठमाडौंका रिजेन्द्र राजभण्डारी १८ औं राष्ट्रिय वुद्धिचाल च्याम्पियनसीपको उपाधि होडमा उभिएका छन् ।

नेपाल वुद्धिचाल संघको आयोजनामा काभ्रेको बनेपामा जारी प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप २०७० अन्तर्गत सञ्चालन भइरहेको प्रतियोगिताको चौंथो दिन बिहीबार छैटौं चरणमा क्यान्डिडेटमास्टर प्रचण्डमान मालाकारलाई पराजित गरेर हौसिएका रिजेन्द्रले सातौंमा वर्तमान नेपाल च्याम्पियन फिडेमास्टर मनिष हमाललाई बराबरीमा रोके । सात चरणको समाप्तिमा अपराजित उनको ६ अङ्क भएको छ ।

पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ, फिडेमास्टर मनिष हमाल, पूर्व नेपाल च्याम्पियन पुण्यमान कमाचार्यको समान ५ दशमलब ५ अङ्क भएको छ । केशवले सातौं चरणमा प्रतियोगिताका शिर्ष खेलाडी काभ्रेका मदनकृष्ण कायस्थ तथा छैटौंमा क्यान्डिडेटमास्टर रुपेश जयसवाललाई हराए ।

मनिषले छैटौं चरणमा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठमाथि विजय हात पारे । उता पुण्यमानले छैटौं चरणमा भेट्रान च्याम्पियन जनार्दन श्रेष्ठलाई बराबरीमा रोके भने सातौं चरणमा  प्रचण्ड मालाकारलाई हराए । छैटौं चरणमा ललितपुरका सजिन महर्जनसँग बराबरीमा रोकिए पनि सातौं चरणमा पूर्वाञ्चल च्याम्पियन सिंगेश्वर दासलाई हराउन सफल भएपछि पूर्व नेपाल च्याम्पियन शुरवीर लामाको ५ अङ्क भएको छ ।

उनीसँगै मदनकृष्ण कायस्थ, फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, मकवानपुरका कृष्ण थापा, रौतहटका पुरुषोतम चौंलागाईं र ललितपुरका सजिन महर्जनको समान ५ अङ्क रहेको छ ।

प्रतियोगिता अन्र्तगत शुक्रबार खुल्लातर्फ आठौं तथा नवौं चरणका खेल हुनेछन् ।

 

महिलाको उपाधि विनालाई

तेस्रो राष्ट्रिय महिला वुद्धिचाल प्रतियोगिताको उपाधि रौतहटकी विना जयसवालले हात पारेकी छन् ।

उनले छैटौं चरणमा रौतहटकै विशेखा जयसवाललाई पराजित गरिन् । समान ५ अङ्क भए तापनि पूर्व नेपाल च्याम्पियन मोनालीसा खम्बू र धनकुटाकी अस्मिता अधिकारीलाई प्रोगेसिभ प्वाइन्ट टाइब्रेकरमा पछि पार्दै विना च्याम्पियन बनेकी हुन् ।

मोनालीसा र अस्मिता क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भए । त्यस्तै ४ दशमलब ५ अंकका साथ रौतहटकै संगीता जयसवाल चौथो स्थानमा तथा ४ अंकका साथ काठमडौंकी सुरुची थिङ पाचौं स्थानमा रहन सफल भए ।