मनोसामाजिक समस्या समाधानका लागि तालिम

4 years ago Editor 0

दमक, बेलडाँगी
२२ जनवरी /

 

bbb

 

समाजबाट हेपिएका तथा अलगिएका भूटानी शरणार्थी बालबालिकालाई मनोसामाजिक उपायद्वारा उपचार गर्नका लागि बुधबार एक दिने तालिम सम्पन्न गरिएको छ ।

कारितास नेपालको आयोजनामा सम्पन्न सो तालिममा विभिन्न चार वटा शरणार्थी शिविरका ४० जना युवा विधार्थी सहभागी रहेका थिए ।

अभिभावकको लापर्वाही र उचित रेखदेखको अभावमा बालबालिकाहरु बेसहारा बन्ने स्थिति सृजना हुन नदिन र त्यस्तो समस्या उत्पन्न भए कसरी समाधान गर्ने भन्ने बारे सो तालिममा प्रशिक्षण दिइएको थियो । तालिमलाई पूर्ण गुरुङले सहजीकरण गरेका थिए ।

त्यस्तै डम्बरकुमारी गुरुङ, मनिकुमार राई, इन्द्रकुमारी राई लगायतले समेत सहभागीलाई समस्या समाधानका बारेमा जानकारीमूलक सन्देश दिएका थिए । कार्यक्रममा कारितास नेपालकी काउन्सिलर सिस्टर म्यारी, यूवा मैत्री केन्द्रका कार्यक्रम संयोजक सर्जु राई लगायतको उपस्थिति रहेको थियो ।

यूवा मैत्री केन्द्र बेलडाँगीले दिएको जानकारी अनुसार वर्षमा दुई पटक हुने यस किसिमको तालिम यो पहिलो भएको जनाएको छ । तालिम पाएका युवा–युवतीले शिविरमा उत्पन्न हुने समस्या न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्दै आएको बताइएको छ ।