लाईफलाईनको अध्यक्षमा सुब्बा

4 years ago Editor 0

नेपाल, दमक
२१ जनवरी /

 

subba

 

झापाको दमकस्थित लाईफलाईन अस्पतालको सञ्चालक समितिको अध्यक्षमा बालचन्द्र सुब्बा चयन भएका छन् ।
अस्पतालको सोमबार सम्पन्न १६ औं साधारणसभाले सुब्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । निर्वाचित समितिको कार्यकाल ३ वर्षको रहने छ ।
स्थापनाकालदेखि अस्पताल सञ्चालक समितिको सदस्य भएर काम गर्दै आएका सुब्बा स्थानीय स्तरमा लामो समयदेखि चिकित्सकका रुपमा समेत कार्यरत व्यक्तित्व हुन् ।
सोही साधारणसभाले डा. सूर्यनारायण शाह, डा. मुक्तिनाथ भट्टराई, डा. तिलकचन्द्र शाह, पे्रम देवकोटा, घनेन्द्र सुब्बा, भीम पौडेल, विक्रमकुमार शाह र देवका भट्टराईलाई सदस्य चयन गरेको छ ।
अस्पताल सञ्चालकहरूमा चिकित्सक सहित स्थानीय राजनीतिक र सामाजिक क्षेत्रका अगुवाहरूको सहभागिता रहेको छ । अहिले सञ्चालकहरूमा ३१ जनाको शेयर रहेको जनाइएको छ ।
लामो समयदेखि अस्पतालको नेतृत्व गर्दे आएका निवर्तमान अध्यक्ष शेरबहादुर भट्टराईले पदमा नबस्ने निर्णय लिएपछि सुब्बाले जिम्मेवारी सम्हालेका हुन् ।