पाँचथरका ६१ वटा विद्यालय शान्ति क्षेत्र घोषित

5 years ago Editor 0

नेपाल, पाँचथर
१९ जनवरी /

 

panchthar bidhyalaya news

 

पाँचथर जिल्लाको चोकमागु गाविसका ९ वटा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको छ । यससँगै जिल्लाभरका विभिन्न ६१ वटा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने कार्य सम्पन्न भएको हो ।

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको उपस्थितिमा आइतबार सो गाविसका ९ वटा विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको हो । शान्तिक्षेत्र घोषणा कार्यक्रममा जिशिअ नेपालले शिक्षण सिकाईका अप्ठ्यारालाई क्रमशः सूधार्न सहयोग गर्ने बताए ।

पाँचथरका नागिन, लुङ्गरुपा, रानीटार, पौवासारताप र सिवा गाविसका ५२ विद्यालयहरुलाई यसअघि नै शान्ति क्षेत्र घोषणा गरिएको छ । हालसम्म ६१ विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको छ ।
८ वटा गाविसका विद्यालयहरुलाई माघमा घोषणा गरिने छ । जिल्लाका सबै विद्यालयलाई चैत्र भित्रमा शान्तिक्षेत्र घोषणा गरिने जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत सरस्वती सिवाकोटीले बताइन् ।

कार्यक्रममा जिल्लास्थित संयोजन समितिका सदस्य जिल्ला बाल कल्याण समितिको बाल अधिकार अधिकृत सरस्वती सिवाकोटी, शिक्षक यूनियन अध्यक्ष रुपनारायण जवेगू, विद्यालय निरीक्षक राधिका घिमिरे लगायत उपस्थित थिए ।

कार्यक्रममा दलका प्रतिनिधि, प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक संघका पदाधिकारी र सरोकारवाला निकायका प्रतिनिधि उपस्थित थिए ।