सोनी बनिन् ‘मिस राई–२०७०’

4 years ago Editor 0

नेपाल, काठमाडौं
१६ जनवरी /

 

IMG_0374

 

मोरङ उर्लाबारीकी २१ वर्षीया सानी राई ‘किराती पहिचानको खोजी वराह ज्वेलरी मिस राई–२०७०’ को ताज पहिरिन सफल भएकी छिन् ।

प्रतियोगिताको फाइनल राउन्डमा मुख्य निर्णायक किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष यशोदा राईले सोधेको चिन्डो (वाबुक) को महत्व बारेको प्रश्नमा सोनीले दिएको उत्तर नै यस वर्षको मिस राई उपाधि हत्याउन काफी भयो ।
उपाधि जित्न सफल यी राइनी सुन्दरीले ‘जन्मदेखि मृत्युसम्म पनि राई जातिमा चिन्डो (वाबुक) को प्रचलन रहेको र यसले सम्पूर्ण राई जातिलाई एकतामा बाँधेर राखेको’ भन्दै गतिलो तर्क मात्रै गरिनन् । उनले यो नै राई जातिको पहिचान भएको समेत उपस्थित सम्पूर्णलाई सुझाइन् ।

मिस राईको ताज पहिरिन सफल उनले ५० हजार रुपैयाँ नगद पुरस्कार, एक थान सिटिभी मोबाइल, ट्रफी र प्रमाणपत्र समेत प्राप्त गरिन् ।

राई जातिमा महत्वपूर्ण मानिएको तिन चुलाको आधारमा बाँडीएको अवार्डमा क्रमशः रनर अप (बंशज चुलो) अवार्ड पाँचथरकी कला राईले हात पारिन् । त्यस्तै फस्ट रनरअप (कुटुम्ब चुलो) अवार्ड खोटाङकी गमला राई, सेकेण्ड रनरअप (समाज चुलो) अवार्ड सुनसरीकी भावना राईले हात पारिन् । उनले सव टाइटल मिस फ्रेण्डशीप (बाखाम्मा) अवार्ड पनि जितिन् । रनरअपहरुले क्रमशः नगद पच्चिस हजार सँगै सिटिभी मोवाइल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

अन्य सव टाइटल अवार्डमा क्रमशः मिस कल्चर (रिदुुमी) उदयपुरकी उर्मिला राई, मिस पंचुआलीटी (चेन्चेक्वा) ईलामकी उर्मिला राई, मिस पर्सनालीटी (खियामा) स्मिता राई, भ्युअर च्वाइस (तायामा) र मिस ट्यालेन्ट (सुम्दिमा) दुवै अवार्ड भोजपुरकी ममता राई, बेस्ट ड्रेस (सारुमा) प्रतिमा राई, मिस डिसीप्लिन (हेन्खामा) कविता राई र फोटोजेनीक (निनाम्मा) मन्जु राईले प्राप्त गर्न सफल भइन् ।