चौकीको सुरक्षा जिम्मा महिला प्रहरी टोलीलाई

5 years ago Editor 0

नेपाल, झापा

१६ जनवरी /

 

 

झापाको अनारमनिस्थित विर्ता बजारको अस्थायी प्रहरी चौकीमा महिला प्रहरीहरुलाई मात्र जिम्मेवारी तोकिएको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा बीच अञ्चल प्रहरी कार्यालय मेचीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक केशरीराज घिमिरेले प्रहरी सह निरीक्षक गंगामाया राईको कमाण्डमा ११ जना महिला प्रहरी कर्मचारीहरुको समूहलाई उक्त अस्थायी प्रहरी चौकी र सुरक्षाको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

चौकीमा प्रसनि राई सहित हवल्दारद्वय टिकादेवी कार्की र यादवलक्ष्मी श्रेष्ठ र  आठ जना महिला प्रहरी जवान रहेका बताइएको छ ।

उक्त कार्यक्रममा झापा क्षेत्र नम्बर २ का सभासद् सुधीरकुमार शिवाकोटी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मुकुन्दराज आचार्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताले महिला प्रहरीको भूमिकाले शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न सघाउ पुग्ने तथा उनीहरुको नेतृत्व र क्षमता विकासका लागि समेत यस किसिमका कार्यले बढावा दिने  ।

मेची अञ्चलमा महिला प्रहरी मात्रैले सम्हालेको यो नै पहिलो प्रहरी इकाई समेत भएको बताइएको छ । सो प्रहरी चौकी २०२४ सालमा स्थापित जिल्लाकै पूरानो चौकी मानिन्छ ।