क्यानाडामा नेपालीभाषी भूटानीले मनाए नयाँ वर्ष

4 years ago Editor 0

क्यानाडा, ओन्टारियो
१४ जनवारी  /

photo.php
क्यानडास्थित लन्डन (ओन्टारियो) मा बसोबास गर्ने नेपालीभाषी भूटानी लगायत अन्य नेपालीहरु समेतको संयुक्त सहभागितामा अङ्ग्रजी नयाँ वर्ष मनाइएको हो ।

हालैको शनिबारको चिसो मौसमलाई संस्कृतिक न्यानोपन दिन नयाँ वर्ष कार्यक्रमलाई सयपत्री युथ क्लवले आयोजना गरेको हो ।

नयाँ वर्षलाई स्वागत गर्दै उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु गरिएको थियो । जर्ज रोस सेकेन्डरी स्कूल परिसरमा कार्यक्रमलाई संगीतमय बनाउन क्लवका युवा कलाकारहरु पदम गुरुङ, रमेश दर्जी, मंगल राई लगायतले गीत प्रस्तुत गरेका थिए भने अतिथि कलाकारको रुपमा रचन पौडेल, इरिक गिरी र दिलु लोहारले गीत प्रस्तुत गरेका थिए भने मेग्न तामाङ, टीका गुरुङ, दिनेश गुरुङ, सुक गुरुङ र रमिता तामाङ लगायत कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दुई सय बढी नेपालीभाषी भूटानी लगायत अन्य नेपालीहरुको उपस्थिति रहेको थियो । ज्योति वैद्यको आर्थिक सहयोग रहेको कार्यक्रममा दावा तामाङको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालक बलराम काफ्ले र दिलु लोहारले गरेका थिए ।

कार्यक्रमका बीच मुख्य आकर्षणका रुपमा लट्रीको समेत आयोजना गरिएकोमा अभिषेक गुरुङ प्रथम, दिक्छन गुरुङ दोस्रो र धन बहादुर तामाङ तेस्रो भए । कार्यक्रमको समापन वुद्धी तामाङले गरेका थिए ।