डेढ लाख मूल्य बढीको सुपारी सहति तीन पक्राउ

5 years ago Editor Comments Off on डेढ लाख मूल्य बढीको सुपारी सहति तीन पक्राउ

नेपाल, झापा
१४ जनवरी /

डेढ लाख मूल्य बढीको अवैध सुपारी सहित प्रहरीले तीन भारतीयलाई सोमबार राति भद्रपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको किसनगञ्ज गलगलिया बस्ने २६ वर्षीय मोहम्मद इक्वाल, १९ वर्षीय मोहम्मद मुख्तार र ४५ वर्षीय मोहम्मद नुरुलाई तीन थान साइकल र करिब दुई सय केजी अवैध सुपारी सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार विशेष सुराकीका आधारमा उनीहरुलाई सो परिमाणको अवैध सुपारी भारत निकासी गर्न लागेका बेला सोमबार राति २ बजको समयमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरुका साथबाट बरामद गरिएको सुपारीको मूल्य एक लाख ५२ हजार बढी हो । पक्राउ परेका तीनै जनालाई आवश्यक कार्बाहीका लागि साइकल र सुपारी सहति मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।