दुई एल्बम विमोचित

5 years ago Editor 0
एल्बम बिमोचन गर्दै
फोटो:किरण 

 

एल्बम बिमोचन गर्दै फोटो:किरण सुब्बा
एल्बम बिमोचन गर्दै
फोटो:किरण सुब्बा

 

गायक शिव माप्छन र गायिका कान्छी माया मगर सुब्बा फोटो:किरण सुब्बा
गायक शिव माप्छन र गायिका कान्छी माया मगर सुब्बा
फोटो:किरण सुब्बा

अमेरिका, जर्जिया
११ जनवरी /

स्थापित भूटानी गायिका कान्छीमाया सुब्बा (मगर) र उदयीमान गायक शिव मपछेनको अलग अलग दुईवटा गीति एल्बम ‘कान्छी’ र ‘पहिलो पाइला’ को एक समारोहका बीच अमेरिकास्थित जर्जियामा बिमोचन गरिएको छ ।

भूटानी सामुदायिक संगठन जर्जियाको आयोजनामा सम्पन्न सो कार्यक्रमका बीच उक्त दुईवटा एल्बमको विमोचन गरिएको कार्यक्रमका अध्यक्ष रत्न गुरुङले बताए ।

कार्यक्रममा क्लार्कसन सिटीका मेयर टेड टेयरीको प्रमुख आतिथ्य रहेको थियो भने डिजे खालिङ, सङ्गीतकार अम्बर सुब्बा, गायक तथा सङ्गीतकार मनोज राई, कलाकार अनिष थापा लगायतको आतिथ्य रहेको थियो । अतिथिहरुले दुवै गीति एल्बमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

गायिका सुब्बा नेपालमै रहँदा समेत गायन सम्बन्धी विभिन्न प्रतियोगिताहरुमा भाग लिएकी र विभिन्न चरण पार गरेकी प्रतिभा हुन् भने गायक मपछेन उदयीमान गायक रुपमा चिनिन्छन् ।