मन्जुका हत्यारा पक्राउ

4 years ago Editor 0

अमेरिका, जर्जिया
१३ जनवरी /

 

मृतक मन्जु
मृतक मन्जु

अमेरिकास्थित जर्जिया प्रान्तको एटलान्टामा गोली हानी हत्या गरिएकी मन्जु गुरुङ (पुन मगर) को हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।

जर्जिया प्रहरीले मन्जुको हत्या भएको ११ दिनपछि उनको हत्या गरेको आरोपमा २६वर्षीय सर्जिओ भेरो लुईलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
मन्जुलाई गत डिसेम्बर ३१ तारिखको मध्यरातमा कामबाट फर्कंदै गर्दा उनको घर नजिकै गाली प्रहार गरी हत्या गरिएको थियो ।

हत्या आरोपमा पक्राउ परेका लुईले मन्जुको हत्या गर्नुका साथै अन्य विभिन्न तीन स्थानमा समेत हतियार देखाएर लुटपाट मच्चाएको प्रहरीले जनाएको छ ।

मन्जुको हत्या गरिनुका पछाडि उनको साथमा रहेको नगद सहितका धनमाल लुटपाट गर्ने उद्देश्य रहेको अनुसन्धानबाट खुलेको समेत प्रहरीको दावी छ ।

मन्जुका श्रीमान् तारा पुन मगरले दिएको जानकारी अनुसार मन्जुको साथमा रहेको नगद र मोबाइल भने लुट्न नसकेको बताइन्छ ।

 

आरोपति लुई
आरोपति लुई