बिचार

समयको पद्धति र भूमिका

4 years ago Editor 0
समय आफैमा सब भन्दा बलवान हुन्छ जसले अपनाउने पद्धति न्यायिक मात्र होइन निर्णयक पनि हुन्छ जो हरेकलाई अनिवार्य भएर लागु हुनेगर्दछ | समयलाई कसैले रोक्न सक्दैन, कसैले मास्न, सार्न, बदल्न सक्दैन | यो सबैलाई उस्तै भएर आउछ, कसैलाई काखा कसैलाई पाखा नगर्ने समयको सस्कार साच्चै महान छ | त्यसैले मानिसको वा समाजको सफलता र बिकासको Read More

नेपाली गणतन्त्रका लागि संघीयता

4 years ago Editor 0
कमन देवान नेपाली गणतन्त्रको सात वर्षे यात्रा असामान्य र निरासजनक मात्रै रहेन त्राहिपूर्ण र त्रुटिपूर्ण समेत रह्यो । सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने कथन सहित २०६५ जेष्ठ १५ गते आजकै दिन संविधानसभाको पहिलो बैठकले दुईतीहाई भन्दा बढी मत र ध्वनी तालीले नेपाली माटोमा गणतन्त्रको उदय वा स्थापना गरेको इतिहास सदैव स्मरणीय रहने छ । तथापि Read More

प्रचण्ड बोली र माओवादी आन्दोलनको वर्तमान

4 years ago Editor 0
कमन देवान   एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै एक सार्वजनिक सभामा पार्टी एकीकरणका लागि नेतृत्व छाड्न तयार रहेको अभिव्यक्ति दिइरहँदा जुन हाउभाउ प्रस्तुत गरे, त्यसले माओवादी पार्टी र घटकहरुका हकमा नौलो तरङ्ग उत्पन्न गराएको छ । प्रचण्डले यस घडीमा नेतृत्व छाड्न तयार रहेको भनेर दिएको सार्वजनिक अभिव्यक्तिका पछाडि खास रहस्य के Read More

लोकतन्त्र दिवसको सन्दर्भमा

4 years ago Editor 0
कमन देवान आज लोकतन्त्रका नाउँमा ठूलठूला भाषण गर्नेहरु टुँडिखेलको चउरदेखि जहाँ र जुन–जुन मञ्चमा बोल्न पाए पनि चिच्याई चिच्याई बोल्छन् । किनकि लोकतन्त्रमा अरुको लुटेरै खाए पनि वा कसैलाई ठगेरै खाए पनि अथवा राज्यको ढुकुटी रित्याएर पनि आफ्नै गफलाई बढावा दिने स्वतन्त्रता र छुट दुवै छ । त्यसैले त हामी लोकतन्त्रको महिमागानमा ओठेभक्तिले निर्लिप्त हुन्छौं Read More

इतिहास र सत्य

5 years ago Editor 0
कमन देवान अरुको विरासत लुटेर र अरुको भाग खोसेर खानेहरुको इतिहास समुन्नत र स्वर्णीम छ । सामन्तवादी युगदेखि आजको चरम पुँजीवादी युगमा आइपुग्दाको समाजले देखे र भेगेको तथ्य यहि हो । अधिनायकत्वका अनेकौं रुपहरुबाट सामन्तवादले पाएको निरन्तरता र त्यसैको आडभरोसामा समाज लगभग हिजो आजसम्म चलेकै हो । कसैले राष्ट्रताको नारा दिएर लुटे । कसैले विचारको Read More

कार्बन मोनोअक्साइड पोईजनिङ

5 years ago Editor 0
डा. सूर्य पराजुली     एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचार निस्सासिएर आमाछोरीको मृत्यु । उक्त घटनामा छोरीलाई सेकाउन रातभर कोठामा आगो राख्दा शुक्रबार राती ललितपुरको चापागाउँमा दुई जनाको ज्यान गएको छ । आमा २९ बर्षीया तुलसी घिमिरे र २ महिनाकी छोरीको मृत्यु भएको छ भने पतिको अर्धचेतन अवस्थामा उद्धार भएको देखिन्छ । कोइलाको आगो बाहिर Read More

किन हारे प्रचण्ड काठमाडौं– १० बाट?

5 years ago Editor 0
विष्णु बुढाथोकी / पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र केसीलाई झण्डै दोब्बर मत अन्तरले हराएर निर्वाचित भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचनमा करिब सोही अन्तरले पराजित गरेपछि देशभित्र र बाहिर केसीको चर्चा परिचर्चा बढेको छ। प्रचण्डजस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय छवि भएका नेतालाई केसीजस्तो स्थानीयस्तरको कार्यकर्ताले कसरी पछारे? यो प्रश्न र कौतुहल देशभरिका सर्वसाधारणदेखि Read More

दोस्रो ऐतिहासिक अवसर

5 years ago Editor 0
कमन देवान एक युगमा एक दिन एक पटक आउँछ भनिएको संविधानसभा निर्वाचन नेपाली जनताको अहोभाग्यले वा देश र जनताको हितमा काम गर्छौं, जनताले रोजे जस्तो र खोजे जस्तो शासन व्यवस्था कायम गर्छौं लगायत देश र जनताका पक्षमा भन्न मिल्ने जति सबैथोक भन्ने दलहरुको अकर्मणयताका कारण आधा दशकमा दुई पटक नेपाली जनतामाझ आइरहेको अवस्था छ । Read More